ad ad

खेल


गण्डकीमा दुई करोड लागतमा खेलकुदका नौ वटा पूर्वाधार बन्दै

गण्डकीमा दुई करोड लागतमा खेलकुदका नौ वटा पूर्वाधार बन्दै

नेपालखबर
फागुन २, २०७७ आइतबार १४:११,

गण्डकी प्रदेशका बिभिन्न जिल्लामा नौ वटा पूर्वाधार निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख रुपैयाँ बराबरको सम्झौता गरेको छ।

गण्डकी प्रदेश स्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल पोखरा पुगेका बेला उपभोक्ता समितिसँग आइतबार सम्झौता भएको हो।

सम्झौता अनुसार पोखराको जेष्ठ नागरिक बहुद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने छ। ५५ लाख ६३ हजार ८६ रुपयाँ ९० पैसा लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोर्नेछ।

त्यस्तै लमजुङको राईनस नगरपालिका ६ स्थित गौलीटार रंगशाला निर्माणका लागि पनि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ। ५५ लाख ९२ हजार १ सय ६१ रुपयाँ पैसा ५१ लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ।

त्यसैगरि लमजुङ कभर्डहल निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख, म्याग्दीको बेनी नगरपालिकास्थित रत्नेचौर बहुद्देश्य खेलमैदानका लागि १० लाख, बाग्लुङमा मदन भण्डारी कभर्डह निर्माणका लागि १० लाख र गोरखा रंगशाला स्तरउन्नतीका लागि १० लाख रुपैयाँ राखेपले उपलब्ध गराउने छ।

सम्झौता अनुसार उपभोक्ता समितिले तोकिएको काम २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरि सक्नु पर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .