ad ad

खेल


राष्ट्रिय महिला लिग फुटबलमा पुलिसलाई वालिङले बराबरीमै रोक्यो

राष्ट्रिय महिला लिग फुटबलमा पुलिसलाई वालिङले बराबरीमै रोक्यो

नेपालखबर
माघ १३, २०७७ मंगलबार ८:०,

राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिका स्याङजाले बराबरी खेलेका छन्।

मगंलबार ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो। खेलमा वालिङले बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।

खेलको ५३औँ मिनेटमा विदेशी खेलाडी मिथो रुथले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन्।

६५औँ मिनेटमा पुलिसकी रेखा पौडेलले गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन्। बाँकी समयमा दुवै टोलीले गोल गर्ने राम्रो प्रयास गरे पनि खेल बराबरीमा सकियो।

एकमा जित र २ मा बराबरी गरेको पुलिस क्लव ५ अंकमा तालिकाको तेस्रो स्थानमा यथावत छ। २ मा बराबरी र १ मा हार भोगेको वालिङ २ अंकमा पाँचौँ स्थानमा छ।

लिगमा आजै विभागीय डर्बीमा सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लव भिड्दैछन्। खेल, सोही मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ।

लिगमा अपराजित रहेका दुवै टोली सोही लयलाई निरन्तरता दिने योजनामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .