ad ad

खेल


स्पोर्टस् अवार्ड विजेतालाई पोखरामै पल्सरको साँचो

स्पोर्टस् अवार्ड विजेतालाई पोखरामै पल्सरको साँचो

वाशुदेव मिश्र
साउन २०, २०७६ सोमबार १४:०,

राजधानीमा सम्पन्न पल्सर स्पोर्टस् अवार्ड विजेता पोखरेली खेलाडी र प्रशिक्षकलाई सोमबार पोखरामा पुरस्कार बापतको पल्सर मोटरसाइकल हस्तान्तरण गरिएको छ।

सो अवार्डमा उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित प्याराग्लाइडिङका युकेश गुरुङ र उत्कृष्ट प्रशिक्षक योगेश भट्टराईलाई पल्सरको एनएस मोटरसाइकल हस्तान्तरण गरिएको हो। बजाज पल्सरको गण्डकी क्षेत्रका लागि आधिकारिक विक्रेता इच्छाशक्ति अटोमोवाइल्सका अध्यक्ष इच्छामान बुद्धाचार्यले गुरुङ र भट्टराईलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन्।

उनले खेलाडीको आत्मबल बढाउनका लािग बिगत ४ बर्षदेखि आफूहरुले खेलकुद क्षेत्रमा सहकार्य गदै आएको बताए । प्रशिक्षक भट्टराईले पदक पाउन गरेको मेहनत र जित्दाको खुसीबारे आफ्नो अनुभव सुनाए । खेलाडी गुरुङले अवार्डले आफूलाई अन्तर्राष्ट्रिय पदकका उत्साह थपेको बताए।

नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष केशव पाठककले एशियाली खेलकुदमा पहिलो ऐतिहासिक रजत पदक जित्न सफल भएकोमा खुसी व्यक्त गरे। नेपाल खेलकुद पत्रकार मञ्चले गएको असार १७ गते काठमाडौंमा गरेको पल्सर स्पोर्टस् अवार्ड आयोजना गरेको थियो।

१८ औं एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रसकन्ट्रीतर्फ महत्वपूर्ण रजत पदक जित्दा १८ वर्षीय युकेश टिमका सदस्य थिए । उनले रजत पदक जिताउन सर्वाधिक अंक बटुलेका थिए। टीमको प्रशिक्षण योगेशले गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .