ad ad

कला


प्रदेश–प्रदेशमा गाईजात्रा!

प्रदेश–प्रदेशमा गाईजात्रा!

नेपालखबर
साउन २०, २०७६ सोमबार १४:१३,

विगतमा काठमाडौं केन्द्रित हुँदै आएको गाईजात्रा विशेष कार्यक्रम यो वर्ष उपत्यका बाहिर बिभिन्न प्रदेशमा आयोजना हुने भएको छ। ब्राण्डवर्थ प्रालिले सिग्नेचर प्रदेश–प्रदेशमा गाईजात्रा नाम दिइएको कार्यक्रम १० दिनको हुनेछ।

कार्यक्रम प्रदेश नम्बर १ को बिराटनगरमा यही श्रावण ३१ गतेबाट शुरु भएर धनगढी हुँदै काठमाडौंमा अन्त्य हुनेछ।

कार्यक्रममा प्रख्यात हाँस्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग), रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतको प्रस्तुती रहनेछ।

कार्यक्रमको बारेमा मनोज गजुरेल भन्छन्, ‘गाईजात्रा सिङ्गो देशको पर्व हो त्यसैले यसलाई देशैभरी लैजाने प्रयास गरिएको हो। बिकृती र बिसङ्गती जता जता हुन्छ, हास्यब्यङ्ग्य त्यता त्यता जान्छ। हाँस्न पाउनु सबै नेपालीको अधिकार हो। अतः हामी गाईजात्रा देशभरी गर्दैछौं।’

त्यसैगरी चर्चित हास्यकवि शैलेन्द्र सिम्खडाले ब्यङ्ग्यात्मक शैलीमा भने,
‘राजनीतिले बाँडेको छ सात प्रदेशमा यो देश,
संस्कृतिले जोडेको छ हिमाल, पहाड, मधेश,
विकास जान ढिला भयो सिमेन्ट, पाइप, डण्डी, अलकत्रा,
संस्कृतिले पाइला सार्यो प्रदेश प्रदेशमा गाईजात्रा।’

IMG 0417

ब्राण्डवर्थ प्रा.लि.ले आयोजना गर्ने यस कार्यक्रमको अनलाईन पार्टनर गजुरीयलडटकम रहेको छ। यस्तै, जेसिस र लायन्स क्षेत्रीय आयोजक रहेका छन्। त्यसैगरी सिमरामा होटेल तथा पर्यटन व्यवसायी संघ, सिमरा, र सिमरा फाउण्डेशन सहआयोजक रहेका छन्। कार्यक्रमको मुख्य प्रायोजक सिग्नेचर ह्वीस्की रहेको छ। यस्तै, बाबा गोल्ड सनफ्लावर तेल एवम् जेजे ज्वेलर्स सह–प्रायोजक रहेको छ।

कार्यक्रमबाट मुलुकभरका ५ हजारदेखि ७ हजार दर्शकले प्रत्यक्ष रुपमा मनोरञ्जन प्राप्त गर्ने अपेक्षा रहेको आयोजक ब्राण्डवर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .