ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटः आर्मी सेमिफाइनल नजिक, प्रदेश १ बाहिरियो

प्रधानमन्त्री कप क्रिकेटः आर्मी सेमिफाइनल नजिक, प्रदेश १ बाहिरियो

नेपालखबर
माघ ७, २०७७ बुधबार ११:५४,

लगातार तेस्रो जित निकाल्दै त्रिभुवन आर्मी क्लव, प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ।

बुधबार भएको खेलमा आर्मीसँग ३ विकेटले पराजित भएको प्रदेश १ भने सेमिफाइनलबाटै बाहिरिएको छ। लगातार तेस्रो खेलमा हार भोगेको प्रदेश १ समूह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ।

अपराजित आर्मी ५ अंकमा तालिकाको शीर्ष स्थानमा छ। समान ३ अंक भएका विभागीय एपीएफ दोस्रो, कर्णाली प्रदेश तेस्रो, गण्डकी प्रदेश भने चौथो स्थानमा छ।

प्रदेश १ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

आर्मीका रोहित पौडेल ३६, भीम सार्की २९, लोकेश वमले १३ रन जोडे। राजेश पुलामी २४ र सुसान भारी शुन्य रनमा नटआउट रहे।

प्रदेश १ का फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभांकर उरावोले समान १ विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १, ४१ दशमलब १ ओभरमा १ सय ३१ रन जोड्दा अलआउट भयो।

प्रदेश १ का लागि विवेक मेहताले अर्धशतकीय पारी खेले। ८३ बलको सामना गरेका मेहताले १ छक्का र ७ चौका मद्दतमा ५० रन जोड्दा साहब आलमको बलमा क्याच आउट हुन पुगे।

फिर्दोस अन्सारीले ३२ रनको योगदान दिए। दिपक पास्वानले १९, दिपेश कँडेलले ११ रन जोडे। ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन नसक्दा ज्ञानेन्द्र श्रेष्ठ शून्य रनमा नटआउट रहे।

प्रदेश १ लाई कम स्कोरमा रोक्न आर्मीका साहव आलम एक्लैले ४ विकेट लिए। ९ दशमलव १ ओभर बलिङ गरेका आलमले ३ मेडन राख्दै जम्मा २३ रन खर्चे।

७ ओभर बलिङ गरेका आकाश चन्दले ३ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट झारे। सुसन भारी, भीम सार्की र राजेश पुलामीले समान १ विकेट लिए। भारीले ९ ओभरमा ३ मेडन राख्दै जम्मा १५ रन खर्चे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .