ad ad

खेल


टोटनहमको सहज जित

टोटनहमको सहज जित

नेपालखबर
पुस १९, २०७७ आइतबार १:१४,

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले लिड्स युनाईटेडमाथि ३–० गोल अन्तरको सहज जित निकालेको छ।

टोटेनहमको जितमा ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायल्र्डले एक एक गोल गरे।

२९ औं मिनेटमा केनको पेनाल्टीमा गोलबाट टोटनहमले अग्रता लिएको थियो। ४३ औं मिनेटमा सनले दोस्रो गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर पारे।

दोस्रो हाफमा टोटनहमले एक गोल थप्यो। ५० औं मिनेटमा टोबीले गोल गरेका थिए। इन्जुरी समयमा म्याट दोहेर्टीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदान छाडेपनि त्यसले खेलमा कुनै फरक परेन।

जितसँगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ। टोटेनहमले १६ खेलमा २९ अंक जोडेको छ। लिड्स २३ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .