ad ad

खेल


बिगबास खेल्न मंगलबार अस्ट्रेलिया जाँदै सन्दीप

बिगबास खेल्न मंगलबार अस्ट्रेलिया जाँदै सन्दीप

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ८:३७,

अस्ट्रेलियामा हुने बिगबास क्रिकेट लिग खेल्न राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने आगामी मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट तथा सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले सन्दीप मंगलबार त्यसतर्फ जाने बताएका हुन्।

सन्दीप बिहान ११ बजे कतार एयरवेजबाट अस्ट्रेलिया जानेछन्।

जारी सिजन सन्दीपले होबर्ट हरिकेन्सबाट बिगबास खेल्दै छन्। बिगबास लिग आजदेखि सुरु भएको छ। लिगको पहिलो खेलमा सन्दीपको टोलीले सिड्नी सिक्सर्सको सामना गरिरहेको छ।

सन्दीपले बिगबासमा सुरुवाती ६ खेल गुमाउनेछन्। कोरोना भाइरसको महामारीका कारण सन्दीप १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नेछन्।

कोरोना परीक्षणपछि उनी टोलीमा सहभागी हुनेछन्। गत मंसिर १३ गते कोरोना सक्रमण पुष्टि भएका सन्दीपले कोरोनालाई जितिसकेका छन्।

गत वर्ष मेलबर्न स्टार्सबाट खेलेका उनले १३ खेलमा १५ विकेट झारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .