च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा मोहम्मद सलाहको एकमात्रै गोल मद्दतमा लिभरपुलले मिडत्जुल्याडसँग १–१ गोलको बराबरी खेलेको छ।
समूह डीको शीर्षमा रहेको लिभरपुलका लागि सलाहले खेल सुरु भएको ५५ सकेन्डमै गोल गरेका थिए। जुन च्याम्पियन्स लिगमा लिभरपुलका खेलाडीले गरेको सबैभन्दा छिटो गोल हो।
यस्तै च्याम्पियन्स लिगमा यो सलाहको २२ औं गोल हो। यो गोलसँगै उनी लिभरपुलबाट च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन। उनले क्लबका लिजेन्ड स्टिभिन जेरार्डको कीर्तिमान भंग गरेका हुन।
६२औं मिनेटमा अलेक्जेन्डर स्कोल्जले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए।
यसै समूहको अर्को खेलमा सिरि ए टोली एटलान्टाले आयाक्सलाई १–० ले पराजित गर्दै दोस्रो स्थानमा रह्यो।
प्रतिक्रिया