करिम बेन्जेमाले दुई गोल गरेपछि बोरुसिया मोन्चेग्लाडविचलाई पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा समूहको तेस्रो स्थानमा रहेको रियललाई लुकास भेन्जक्युज र रोड्रिगोको क्रसमा दुई हेडर गोल गर्दै बेन्जेमाले रियललाई च्याम्पियन्स लिगको अन्तिम १६ मा पुर्याएका हुन।
खेलअघि भने रियल प्रतियोगिताबाट बाहिरिने खतरा थियो। तर अर्को खेलमा इन्टर मिलान र शाख्तर डानेस्कले गोलरहित बराबरी खेलेपछि समूह बीबाट रियलसँगै बोरुसिया अन्तिम १६ मा प्रवेश गरे।
शाख्तर र इन्टर भने बाहिरिएका छन। पछिल्ला सातमध्ये रियलले चारवटा च्याम्पियन्स लिगको उपाधि जितेको छ।
प्रतिक्रिया