ad ad

समाज


लकडाउनका बेला पत्नीसँग झगडा परेपछि दिमाग शान्त पार्न भनेर जो हिँडे ४५० किलोमिटर !

लकडाउनका बेला पत्नीसँग झगडा परेपछि दिमाग शान्त पार्न भनेर जो हिँडे ४५० किलोमिटर !

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १:१५,

इटलीमा लकडाउनका बेला एक व्यक्ति पत्नीसँग झगडा परेपछि दिमाग शान्त पार्न घरबाट निस्किए। हिँड्दा हिँड्दा उनी ४५० किलोमिटर पर पुगेछन्।

इटलीका सामाजिक सञ्जालमा ती व्यक्त भाइरल भएका छन् र मानिसले उनलाई ‘फरेस्ट गम्प’ नाम दिएका छन्।

यो अनौठो यात्राका निस्केको ती इटालियन व्यक्तिलाई प्रहरीले राति २ बजे एड्रियाटिक तटस्थित फानोमा रोके। उनी एक हप्ता हिँडेर त्यहाँ पुगेका थिए।

लकडाउन उल्लंघन गरेको भन्दै ४८ वर्षीय ती व्यक्तिलाई प्रहरीले ४८५ अमेरिकी डलर जरिवाना पनि गरे।

यो घटना सुरुमा बोलोग्नाको एक पत्रिकाले छापेको थियो। त्यसपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .