ad ad

खेल


नेपालकै ‘स्ट्रङगेस्ट मेन’ राजभगत प्रधानांगको कोरोना संक्रमणबाट निधन

नेपालकै ‘स्ट्रङगेस्ट मेन’ राजभगत प्रधानांगको कोरोना संक्रमणबाट निधन

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार १०:४७,

नेपालकै स्ट्रङगेस्ट मेन राजभगत प्रधानांगको कोरोना संक्रमणबाट निधन भएको छ।

उनको सोमबार साँझ निधन भएको नेपालका पहिलो पुस्ताका खेलाडी एवं भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ताले जानकारी दिए। २०१४ सालमा धरानमा जन्मिएका प्रधानांग पहिलो पुस्ताका बहुप्रतिभाशाली खेलाडी समेत हुन्। २०२७ सालमा स्ट्रङगेष्ट मेन अफ पूर्वान्चलका पहिलो विजेता पनि हुन्।

भारोत्तोलनको ३६, ३७ सालमा भएको राष्ट्रिय प्रतियोगिताका राष्ट्रिय च्याम्पियन बनेका थिए। पहिलो नेशनल खेलाडी उनी एथलेटिक्सका समेत राष्ट्रिय खेलाडी हुन्। कवड्डीका पहिलो खेलाडी उनी सटपुटको समेत नेपाल च्याम्पियन हुन्।

शारीरिक सुगठन संघमा समेत रहेर काम गरिसकेका उनी अन्तर्राष्ट्रिय निर्णायक समेत रहिसकेका छन्।

६ फिट अग्ला उनी हेभिवेटमा प्रतिस्पर्धा गर्थे। सुरुमा बैक हुँदै व्यापारमा लागेका उनी धरानमा वडिविल्डिङ समेत सञ्चालन गर्थे।

नेपालखबरसँगको कुराकानीमा पूर्व खेलाडी तथा भारोत्तोलनका मुख्य प्रशिक्षक पार्थ सारथीसेन गुप्ताले भने, ‘शारीरिक सुगठनका खेलाडी पुष्प श्रेष्ठले फोन गर्दा विजयादशमीको शुभकामना दिन फोन गर्नुभयो भन्ने लाग्दा कोरोनाको कारणले निधन भयो भनेर जानकारी दिँदा विश्वास गर्न सकिन। लिजेन्ड खेलाडीमध्ये राम्रो खेलाडीको निधनले निकै मर्माहत भएको छ। पुरानो साथी मात्र नभएर नयाँ खेलाडीको लागि प्रेरणाको श्रोत समेत उनी खेलको विकास गर्नको आफ्नै खर्च गर्थे। प्रधानाङ्गको निधनले एउटा खेल इतिहासको निधन भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .