ad ad

राजनीति


‘काठमाडौंमा बाबुराम भट्टराईलाई पनि भेटेका थिए ‘रअ’ प्रमुख सामन्तले’

‘काठमाडौंमा बाबुराम भट्टराईलाई पनि भेटेका थिए ‘रअ’ प्रमुख सामन्तले’

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार १०:४६,

गतसाता नेपाल भ्रमणमा आएका भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि भेटेको खुलेको छ।

भारतीय सञ्चारमाध्यम द प्रिन्टमा सो जानकारीसहितको लेख मंगलबार प्रकाशित भएको छ।

सो सञ्चारमाध्यमकी रणनीतिक मामिला सम्पादक ज्योती मलहोत्राको आलेखमा ‘रअ’ प्रमुख गोयल नेपालमा रहँदा डा. भट्टराईलाई समेत भेटेको जानकारी उल्लेख छ।

उनले अहिले दिल्लीमा रहेका अमेरिकी रक्षा तथा विदेशमन्त्री र उनीहरुका भारतीय समकक्षीहरुबीचकाे भेट भारतमा बढि चर्चामा रहे पनि ‘रअ’ प्रमुखको छिमेकी नेपाल भ्रमणको प्रसङ्ग पनि उत्तिकै रोचक बनिरहेको बताएकी छन्।

‘सामन्त गोयलले नेपालका विपक्षी नेता बाबुराम भट्टराईलाई पनि भेटेका थिए। तर उनलाई भेटेलगत्तै भट्टराईमा कोभिड संक्रमण पुष्टि भएको हुँँदा भारत फर्केपछि संभवतः गोयल आइसोलेसनमा बसिरहेका होलान्,’ मलहोत्राले लेखेकी छन्।

याे पनि: रअका प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग राती भेटेको पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .