ad ad

राजनीति


कारबाही सिफारिस गर्ने कार्यादेश समितिसँग छैन, गलत गर्‍यो : उपसभापति अर्याल (भिडिओ)

कारबाही सिफारिस गर्ने कार्यादेश समितिसँग छैन, गलत गर्‍यो : उपसभापति अर्याल (भिडिओ)

नेपालखबर
असोज ७, २०८१ सोमबार १५:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समिति आफ्नोे टीओआर (कार्यादेश) बाट बाहिर गएको दाबी गरेका छन्। 

सोमबार पार्टी कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति अर्यालले समितिले गलत गरेको जिकिर गरे। 

‘यही संसदीय छानबिन समिति, जुन आफ्नो टीओआरबाट बाहिर गयो। उसले गलत गरिसक्यो,’ अर्यालले भने, ‘उसलाई कारबाही सिफारिस गर्ने अधिकार छैन।’

साथै, उनले समितिले ल्याएको ८७ अर्ब रकम अपचलनमा ध्यान नदिइ सरकार रवि लामिछानेको मात्रै पछि लागेको बताए। 

‘८७ अर्बको कुरा त्यही प्रतिवेदनले दिएको छ। कुन कुन सहकारीमा रहेछ भनेर बहस चलाउने? ८७ सय करोडको चाहिँ हिसाब छैन,’ अर्यालले भने, ‘रवि लामिछानेचाहिँ ठग होइन रहेछ भनेर मिडियामा बोल्दै हिँड्नुभएको छ। लिखित रुपमा प्रतिनिधि सभामा पेस गर्नुभएको छ। तर, बहस त्यहाँमात्रै भइरहेको छ।’

आइतबार सहकारी प्रकरणमा जोडिएका पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ परेका थिए। सभापति लामिछानेका साझेदार समेत रहेका जोशी पक्राउ परेलगत्तै रास्वपामा तरंग नै सिर्जना भएको छ। 

आइतबार पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन भएपछि सभापति लामिछानेसहितका समर्थकहरूको भिड लागेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .