ad ad

खेल


टि-२० विश्वकप छनोट : नेपालसामु १९२ रनको विशाल लक्ष्य

टि-२० विश्वकप छनोट : नेपालसामु १९२ रनको विशाल लक्ष्य

नेपालखबर
साउन १२, २०७६ आइतबार ३:२५,

इण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो ।

सिंगापुरका लागि टिम डाभिडले ७७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै रोहन रंगराजनले ४९ रन जोड्दा मन्प्रित सिंहले ४२ रन जोडे।

सिंगापुरका ब्याट्सम्यानहरुले पहिलो ओभरमा पीचको व्यबहार बुझ्दै एक रनमात्रै जोडे। तर त्यसपछिका प्रत्येक ओभरमा कम्तिमा २ बाउन्ड्री प्रहार गर्दै ९ को माथि रनरेट राखे।

दोस्रो ओभरको दोस्रो र चेस्रो बलमा करण केसीलाई सुरेन्द्रन चन्द्रमोहन लगातार २ चौका प्रहार गरे। तेस्रो बलमा पनि ठूलो सट खेल्ने क्रममा उनी ज्ञानेन्द्र मल्लको हातबाट क्याच भए।

तर त्यसले सिंगापुरको ब्याट्सम्यानहरुलाई केही फरक पारेन्। दोस्रो विकेटका लागि रोहन रंगराजन र टिम डेविडले आक्रामक खेल्दै ८९ रनको साझेदारी गरे। जसले सिंगापुरलाई ठूलो स्कोर तर्फ अघि बढायो।

४ ओभरमा २० रनमात्रै बनाएको सिंगापुरलाई उनीहरुले १० ओभरमा ९६–१ को बलियो स्थितिमा पुर्‍याए।

पहिलो ओभरमा १४ रन ब्यहोर्दै महँगा भएका अभिनाश बोहराले रोहन रंगराजनलाई ११औं ओभरको चौथो बलमा शरद भेषावकरको हातबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए। रंगराजनले ३३ बलमा ४ छक्का र ३ चौकासहित ४९ रन बनाए।

रंगराजन पवेलियन फर्किएपनि टिम डेविड रोकिएनन्। १३औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेलाई छक्का प्रहार गर्दै डेविडले २९ बलमा अर्धशतक पूरा गरे।

१८औं ओभरको दोस्रो बलमा अभिनाशले ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराउँदै डेविडलाई पवेलियन फर्काए। त्यसबेलासम्म उनले ७७ रन जोड्दै सिंगापुरलाई ठूलो स्कोरतर्फअघि बढाइसकेका थिए। डेविडले ४३ बलमा ८ चौका र ३ छक्कासहित ७७ रन जोडे।

१९औं ओभरको चौथो बलमा आउँट भएका मनप्रितले आक्रामक ४२ रन जोडे। २७ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

नेपालका अभिनास बोहराले ४ विकेट लिए। करण केसीले २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .