ad ad

खेल


क्यानभास इन्डोर क्रिकेटमा १२ गतेबाट

क्यानभास इन्डोर क्रिकेटमा १२ गतेबाट

नेपालखबर
साउन १०, २०७६ शुक्रबार ११:२७,

आयोजक क्यानभास बोर्डिङ स्कुलले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै ४ दिनसम्म चल्ने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने जनाएको छ।

स्कुलका प्रिन्सिपल रमेशकुमार लिङदेनले विधार्थीहरुको प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले इन्डोर क्रिकेट आयोजना गर्न लागेको बताए ।

‘हामीले सदैव खेलाडीहरुको क्षमताको प्रोत्साहनमा ध्यान दिने गरेका छौं,’ उनले भने, ‘विधार्थीहरुको प्रतिभा प्रमोट गर्न हामीले विगतदेखि नै लगानी गर्दै आएका छौं र आगामी दिनमा पनि लगानी गर्नेछौं।’

प्रतियोगिता रातोपुलस्थित नेपाल क्रिकेट एकेडमीमा हुने प्रतियोगिता संयोजक रविन्द्र गुप्ताले जानकारी दिए। लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन्।

प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै उत्कृष्ट खेलाडी, ब्याट्सम्यान र बलरलाई पनि ट्रफी प्रदान गरिने छ।

यस्तै उत्कृष्ट हुने ३ खेलाडीलाई वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडमीमा ६ महिनाको निशुल्क प्रशिक्षणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .