ad ad

खेल


एम्बाप्पे र नेमारलाई पछि पार्दै बायर्न स्टार लेवान्डोस्की बने यूईएफए वर्ष पुरुष खेलाडी

एम्बाप्पे र नेमारलाई पछि पार्दै बायर्न स्टार लेवान्डोस्की बने यूईएफए वर्ष पुरुष खेलाडी

नेपालखबर
असोज १५, २०७७ बिहिबार १७:१२,

बायर्न म्युनिखका रोवर्टो लेवान्डोस्की यूईएफए वर्ष पुरुष खेलाडी घोषित भएका छन्।

गत सिजन क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका लेवान्डोस्की वर्ष पुरुष खेलाडी भएसँगै उत्कृष्ट फरवार्ड पनि बने।

पेरिस सेन्ट जर्मन (पीएसजी)का केलियन एम्बापे र नेयमारलाई पछि पार्दै बायर्न म्युनिखका लेवान्डोस्की यूईएफए च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्ड घोषित भएका हुन्।

यूईएफएले बिहीबार राति जेनेभामा २०२०–२१ का लागि गरेको समूह विभाजनका दौरान घोषणा गरेको पोजिसनल अवार्डमा लेवान्डोस्की २०१९–२० को उत्कृष्ट खेलाडी र फरवार्ड बनेका हुन्।

No description available.

अन्य विधामा पनि बायर्नकै वर्चस्व रह्यो। यूईएफए प्रेसिडेन्टस अवार्ड आइभोरी कोस्टका फरवार्ड डीडीएर ड्रोग्बाले पाए।

यूईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिनले प्रदान गर्ने अवार्ड ड्रोग्बाले खेलसँगै सामाजिक उत्तरदायित्व पूरा गरेको कारण पाएका हुन्।

कोच अफ दि एयर बायर्नकै हन्सी फ्लिीक बने। उत्कृष्ट मिडफिल्डर म्यानचेष्टर सिटीका केभिन डि ब्रुएन बने। उनीसँग बायर्नका थियागो अल्कान्टारा र थोमस मुलर थिए।

सिजनको उत्कृष्ट डिफेन्डर डिफेन्डर बायर्नका जोसुवा किमिच बने। उनले बायर्नकै डेभिड अल्बा र अल्फान्सो डेभिसलाई पछि पारे।

गोलकिपर अफ दि सिजन बायर्नकै म्यानुअल नोएर बने। उनले पीएसजीका केलर नाभास र एथलेटिको दि मड्रिडका जान ओब्लाकलाइ पछि पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .