मोटरसाइकल दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित सिंह भण्डारीको सफल शल्यक्रिया गरिएको छ।
ललितको बिहीबार गरिएको शल्यक्रिया सफल भएको क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले जनाएको छ।
काठमाडौको ग्रान्डी अस्पतालमा डा. चक्रराज पाण्डेको टिमले ललितको शल्यक्रिया गरेको हो।
सिप्यानले एक विज्ञप्ती जारी गर्दै अहिले उनको अवस्था सामान्य रहेको जनाएको छ।
आइतबार राति कञ्चनपुरस्थित झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि सोमबार काठमाडौं ल्याइएको थियो।
प्रतिक्रिया