ad ad

अटो


भैरहवामा रेनो कम्पनीको २०२० क्विड गाडी बिक्री सुरु

भैरहवामा रेनो कम्पनीको २०२० क्विड गाडी बिक्री सुरु

प्रकाश न्यौपाने
असोज १, २०७७ बिहिबार १०:११,

रेनो कम्पनीको २०२० क्विड गाडी भैरहवा क्षेत्रमा बिक्री वितरण सुरु भएको छ। भैरहवा अटो कम्पनीले रेनोको उक्त गाडी बिहीबारबाट बिक्री वितरण सुरु गरेको हो। आजदेखि बिक्री सुरु गरिएको गाडी अत्यन्तै सुविधायुक्त भएको कम्पनीका संचालक सुन्दर पाठकले जानकारी दिए।

क्विड गाडी एक हजार सीसीको रहेको र यसमा ३ सिलिन्डिर, बीएस ६ पेट्रोल इन्जिन भएको कम्पनीले जनाएको छ। यो गाडीको ग्राउण्ड किलेरेन्स १८४ एमएस छ। गाडीमा २ वटा एयर व्याग, स्पिड भिडियो प्लेयर कन्ट्रोल सेन्सर, एबीएस, इबीदी ब्रेकिङसिस्टम, रिअर पार्किङ क्यामेरा र रिअर पार्किङ सेन्सर, मेनुअल लकअनलक सिस्टम रहेकाले निकै सुरक्षित रहेको मार्केटिङ प्रमुख डार्बिन रोका मगरले बताए।

‘हरेक कुरामा यो गाडी सुरक्षित छ, मजबुत पनि छ’, रोका मगरले भने।

यो गाडीमा एलइडी, डीआरएल लाइट, इलेक्ट्रिक पावर स्टेरिङ, मोबाइल चार्ज पोर्ट सिस्टम, ८ इन्चको एप्पल टच इस्क्रिन, डिसप्ले भिडियो प्लेयर सिस्टम, डिजिटल स्पीड मिटर, ४ वटै ढोकामा पावर विइन्डो रहेको पाठकले बताए। मूल्यका हिसावले यो गाडी पुरानो क्विडको मूल्य भन्दा एक लाख रुपैयाँ मात्रै बढी भएको जनाइएको छ। यसको मूल्य २४ लाख ९९ हजार तोकिएको रोका मगरले जानकारी दिए।

विश्वका ७४ देशमा बिक्रीवितरण हुँदै आएको यो गाडी सन् २०१६ देखि भैरहवा अटो कम्पनीले भैरहवा क्षेत्रमा विक्रीवितरण गर्दै आएको छ। सस्तो मूल्यमा अत्यधिक सेवासुविधासहित गाडी उपलब्ध भएकाले यसको बजार राम्रो रहेको पाठकले बताए।

यहाँ आयोजित कार्यक्रममा गाडी सार्वजनिक गर्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले विश्व बजारमा प्रतिस्पर्धी र सुविधायुक्त भएकाले यो गाडीको विक्रीवितरण अत्यन्तै राम्रो हुने विश्वास गरे। रोका मगरका अनुसार आज लन्चिङ गर्दाका दिननै गाडी विक्री भइसकेको छ। कोरोना भाइरसका कारण सुस्ताएको अटो बजारमा दसैं नजिकिँदै गर्दा कारोबार बढ्ने व्यवसायीको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .