ट्वान्टी ट्वान्टी विश्व वरीयतामा अष्ट्रेलिया पुनः शीर्ष स्थानमा फर्किँदा नेपाल भने यथावत् छ। तीन खेलको टी–२० सिरिजमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा फर्किएको हो।
पहिलो खेलमा २ रनले पराजित गरेको अष्ट्रेलियाले दोस्रो खेलमा ६ तथा तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो।
दुवै टोलीको समान २ सय ७३ रेटिङ अंक हुँदा तेस्रो खेल जित्ने टोली विश्व वरीयतामा शीर्ष स्थानमा उक्लिने समीकरण बनेको थियो। तर अन्तिम खेलमा जित निकाल्दै अष्ट्रेलिया पहिलो स्थानमा पुगेको हो।
२२ खेलमा २ सय ७५ रेटिङ अंकका साथ टी२० वरीयतामा अस्ट्रेलिया शीर्ष स्थानमा छ।
दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको समान खेलमा २ सय ७१ रेटिङ अंक छ। नयाँ वरीयतामा नेपाल १५औं स्थानमा यथावत् छ।
प्रतिक्रिया