अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मेस्सीका पिताले बार्सासँगको छलफल सकरात्मक भएको बताएका छन्।
जोर्जले छलफल सकरात्मक भएको बताएसँगै यसले मेस्सी बार्सामै रहने संकेत गरेको फुटबल विश्लेषकहरु बताउँछन्।
मेस्सी बार्सामा नयाँ सिजन अवधिभर बस्ने सम्भावना छ कि छैन भन्ने प्रश्नमा मेस्सीका पिता तथा एजेन्ट जोर्जले मेस्सी बार्सामै रहने सम्भावना रहेको उत्तर दिएका थिए।
खबरहरुका अनुसार मेस्सीले अब अझै एक सिजन बार्सामै रहेर खेल्नेछन्। बुधबार मात्र मेस्सीका पिता जोर्ज मेस्सीको भविष्यबारे छलफल गर्न क्याटालोनिया आएका थिए।
सन् २०२१ को समरसम्म मेस्सी र बार्साबीचको सम्झौता छ। मेस्सीले सम्झौता पुरा भएपछि बार्सा छाड्ने अनुमान गरिएको छ।
गतहप्ता मेस्सीले बार्सा छाड्ने घोषणा गरेपछि फुटबल क्लब बार्सिलोना निकै तनाबमा थियो। तर अझैपनि मेस्सी बार्सामै रहने या नरहने टुंगो नलागेको विश्लेषकहरु बताउँछन्। गोलडटकम
प्रतिक्रिया