ad ad

राजनीति


कमल थापा भन्छन्ः रातो मछिन्द्रनाथको रथ तान्न देऊ

कमल थापा भन्छन्ः रातो मछिन्द्रनाथको रथ तान्न देऊ

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ११:३८,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरोकारवाला पक्षसँग छलफल, समन्वय गरि रातो मछिन्द्रनाथको रथयात्रा सुचारु गर्न आग्रह गरेका छन्।

उनले ट्वीट गर्दै सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगर्न पनि आग्रह गरेका छन्।

बिहीबार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप भएपछि थापाले यस्तो आग्रह गरेका हुन्।

अध्यक्ष थापाले भनेका छन् ‘सम्बन्धित पक्षसॅग छलफल समन्वय गरी तथा स्वास्थ सुरक्षा मापदण्ड पालना गर्दै ललितपुरको मछिन्द्रनाथ रथतान्ने कार्य सुचारुगर्न सरकारसँग अनुरोध छ। सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोधरदमन हुनुहुँदैन।

धर्म संस्कृतिको रक्षाका साथै विद्यामान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ।’

याे पनि: पुल्चोक क्षेत्र तनावग्रस्त, स्थानीयले प्रहरीको मोटरसाइकलमा आगो लगाइदिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .