मेस्सीले करियर बार्साबाटै सकाउने घोषणा गरेका थिए। तर उनी आफ्नै निर्णयभन्दा बाहिर गएका छन्।
मेस्सीले क्लब छाड्ने निधो गरेसँगै विश्वभर विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन्।
यसबीचमा फुटबल क्लब बार्सिलोनाको चिर प्रतिद्वन्दी क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले मेस्सीले बार्साबाटै खेलेको हेर्न चाहेको बताएका छन्।
रामोस भन्छन्,‘मेस्सीले बार्साबाटै खेल्नुपर्छ। म उनी बार्सामै रहेको हेर्न चाहन्छु। तर, आफ्नो भविष्यको लागि निर्णय लिने अधिकार उनकै हो।’
बुधबार मात्र मेस्सीका पिता जोर्ज मेस्सीले २० वर्षयता बार्सिलोनामा रहेको आफ्ना छोरालाई क्लबमा बस्न कठिनाई हुने बताएका थिए।
मेस्सीलाई म्यानचेस्टर सिटीले अनुबन्ध गर्ने चर्चा चलेको छ। सिटीले मेस्सीको लागि ठूलो प्याकेजको घोषणा गरेको बताइएको छ। एजेन्सी
प्रतिक्रिया