ad ad

खेल


रैना स्वदेश फर्किएपछि चेन्नईका मालिकले दिए यस्तो प्रतिक्रिया

रैना स्वदेश फर्किएपछि चेन्नईका मालिकले दिए यस्तो प्रतिक्रिया

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ८:११,

इण्डियन प्रिमियर लिग (आईपीएल)को १३औँ संस्करण सुरु हुन थोरै समय बाँकी हुँदा चेन्नई सुपर किंग्सका उपकप्तान तथा ब्याट्सम्यान सुरेश रैना भारत फर्किएपछि चेन्नई थप मुस्किलमा परेको छ।

आईपीएलका लागि संयुक्त अरब इमिरेन्ट्स (युएई) पुगेका चेन्नईका २ खेलाडीसहित १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनीहरु आइसोलेसनमा बस्नुपरेपछि तनावमा रहेको बेला रैना व्यक्तिगत कारण देखाउँदै स्वदेश फर्किएपछि चेन्नई थप संकटमा परेको हो।

रैना व्यक्तिगत कारण देखाउँदै स्वदेश फर्किएपछि चेन्नई सुपर किंग्सका मालिक तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का पूर्वअध्यक्ष एन श्रीनिवासले छिट्टै रैनाले आफूले के गुमाएको रहेछु भनेर थाहा हुने बताएका छन्।

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै श्रीनिवासले भने, ‘सिजन अहिले नै सुरु भएको छैन तर रैनालाई छिट्टै नै के गुमाएँ भनेर थाहा हुनेछ, विशेष गरेर पैसाका लागि।’

यसअघि उनले टोली युएई पुगेदेखि रैनाले अलग अलग कुरालाई लिएर धेरै नै गुनासोहरु गर्ने गरेको बताएका थिए। उनले भनेका थिए, ‘क्रिकेटरहरु आफैँलाई दम्भी मान्न लाग्छन्। जति सफलता पाउँदै जान्छन्, त्यति नै अहंकारी बनाउँछ।’

श्रीनिवासले कप्तान महेन्द्रसिंह धोनीसँग आफूले कुराकानी गरेको भन्दै कोरोना संक्रमित खेलाडीहरुमा रिकभरी भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .