अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नाभारोले अमेरिकाले टिकटक र विच्याटपछि चीनका अन्य एप्सहरुमा पनि प्रतिबन्ध लगाउने तयारी थालेको बताएका हुन्।
फक्स टेलिभिजनसँग कुरा गर्दै नाभारोले अमेरिकी डेटा चीन लैजाने एप्स नचलाउनुमै फाइदा भएको बताएका छन्।
ट्रम्पले चीनको हुवावे, टिकटक, विच्याट, टेनसेन्टजस्ता प्रविधि कम्पनीमा प्रतिबन्ध लगाएका छन्। यी कम्पनीले अमेरिकी डेटा चोर्ने भएकाले यिनीहरु अमेरिकाको लागि खतरा भएको ट्रम्पको भनाइ छ।
चिनियाँ विश्लेषकहरुले भने चीनले प्रविधिको क्षेत्रमा ठूलो सफलता हातपार्दा अमेरिकाले त्यसको ईर्ष्या गरेको बताउँछन्। एजेन्सी
प्रतिक्रिया