ad ad

खेल


क्यारेबियन प्रिमियर लिगमा सन्दीपको टोलीले दोस्रो जित, लिए १ विकेट

क्यारेबियन प्रिमियर लिगमा सन्दीपको टोलीले दोस्रो जित, लिए १ विकेट

नेपालखबर
भदौ १०, २०७७ बुधबार ५:१२,

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोलीले दोस्रो जित निकालेको छ।

आफ्नो चौथो खेलमा जमैका तलावाजले गुयाना एमेजन वारियार्सलाई ५ विकेटले पराजित गरेको हो। जमैकाको दोस्रो जितका लागि सन्दीपले १ विकेट लिए।

गुयानाले दिएको १ सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।

जमैकाको जितमा छैटौं विकेटका लागि आन्द्रे रसेल र क्रुमा बोनरले अर्धशतकीय साझेदारी गरेपछि टोली जित उन्मुख भएको थियो। उनीहरुले ४७ बलमा ५१ रन जोडे। क्रुमा बोनर ३० रनमा अविजित रहे। आन्द्रे रसेलले २३ रनमा नटआउट रहे। गुयानाका नविन उल हकले २ तथा इमरान ताहिर, अस्मिड नेड र किमो पलले १/१ विकेट लिए।

त्यसअघि जमैकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गुयानाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनको योगफल तयार पारेको थियो। टोलीका लागि रोस टेलरले सर्वाधिक २५ रनको योगदान दिए।

जमैकाका लागि सन्दीपले आफ्नो स्पेलमा मात्र १२ रन खर्चेर १ विकेट हात पारे। मुजिब उल रहमानले ४ ओभरमा ११ रन दिँदै ३ विकेट लिए। एडवाड्र्सले ३ विकेट तथा आन्द्रे रसेलले १ विकेट लिए।

दशौं ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो बलमा निकोलस पुरनलाई डट गराएपछि दोस्रो बलमा २ रन दिए। पहिलो ओभरमा ३ रन खर्चिएका सन्दीपले १२ औं ओभरको पहिलो बलमा नै विकेट झार्न सफल भएका थिए। ठूलो सट खेल्ने धुनमा रहेका शेर्फान रदरफर्डलाई एक्स्ट्रा कभरमा रहेका आसिफ अलीको हातबाट क्याच आउट गराए।

समग्रमा दोस्रो ओभरमा सन्दीपले ४ रन दिँदै १ विकेट लिए। तेस्रो ओभरमा जम्मा १ रन खर्चिएका उनले अन्तिम ओभरमा ४ रन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .