ad ad

समाज


सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, शव व्यवस्थापनको तयारी हुँदै

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, शव व्यवस्थापनको तयारी हुँदै

गोकुल जोशी
भदौ १०, २०७७ बुधबार ४:३६,

कैलालीको गोदावरी नगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालको भेन्टिलेटर उपचाररत गोदावरी नगरपालिका–११ का ४५ वर्षीय पुरुषको उपचारकै क्रममा बुधवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

‘धनगढीको निसर्ग अस्पतालमा भेन्टिलेटर उहाँकाे उपचार भइरहेकाे थियो, हिजो कोरोना पोजेटिभ देखिएपछि सेती अस्पताल ल्याइएको हाे’, सूचना अधिकारी श्रेष्ठले नेपालखबरसँग भने, ‘भेन्टिलेटरमा राखेर उपचार गराइरहेका थियाैँ,  तर बचाउन सकिएन।’

मृतक संक्रमित कलेजोसम्बन्धी समस्याबाट पनि पीडित रहेकाे श्रेष्ठले जानकारी  दिए।

ती पुरुषको शव व्यवस्थापनका लागि नेपाली सेनालाई खबर गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .