ad ad

खेल


च्याम्पियन्स लिग फाइनल आजः विश्वस्तरीय खेलाडी सम्मिलित टोली पीएसजी र बार्यन प्रतिस्पर्धामा

च्याम्पियन्स लिग फाइनल आजः विश्वस्तरीय खेलाडी सम्मिलित टोली पीएसजी र बार्यन प्रतिस्पर्धामा

नेपालखबर
भदौ ७, २०७७ आइतबार ८:५४,

विश्वस्तरीय खेलाडीहरु सम्मिलत रहेका टोली पेरिस सेन्ट जर्मेन पीएसजी र बार्यन म्युनिखबीच आजराति १२ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा हुनेछ।

रोवर्ट लिवानडोस्की, फिलिपे कोटिन्हो, थोमस मुलर, म्यानुअल न्युअर, लिरो साने, डेभिड अलाबा, जेरोमी बोट्याङ, अलफन्सो डेभिसजस्ता खेलाडी समावेश रहेको बार्यनले यसअघि पाँचपटक च्याम्पियन्स लिग जितिसकेको छ।

पीएसजीलाई जित्दै बार्यन छैठौं उपाधि जित्ने दाउमा छ। पीएसजी भने च्याम्पियन्स लिगको उपाधि पहिलोपटक जित्ने तयारीमा छ।

पीएसजीमा नेमार जुनियर, केलिएन एबाप्पे, डि मारिया, थियागो सिल्भा, केलोर नाभास, मार्को भेराटी, माउरो इकार्डी, माक्विनहोसजस्ता खेलाडी छन्।

बार्यनले यसपटक क्वार्टर फाइनलमा बलियो क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको थियो।

फाइनल पुग्नलाई बार्यनले लियोनमाथि ३–० को जित निकालेको थियो। पीएसजीले पनि फाइनलमा पुग्न आरबी लिपजिगमाथि ३–० को जित हात पारेको थियो।

आजको खेल निकै आक्रमक र रोमान्चक हुने अनुमान गरिएको छ। इतिहास हेर्दा बार्यन बलियो देखिन्छ तर पछिल्लो समय पीएसजी घरेलु लिगको च्याम्पियन लगातार जस्तो बन्दै आएको छ।

पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो भने बार्यनले ११ औं फाइनल खेल्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .