क्यारेबियन प्रिमियर लिग (सीपीएल) टि–२० प्रतियोगिता आज मगंलबारदेखि सुरु हुँदै छ।
नेपाली लेगस्पिनर सन्दीपको टोलीले भने भोलि मात्रै लिगको पहिलो खेल खेल्नेछ।
सन्दीप सम्मिलित जमैका तलवाजले पहिलो खेलमा भोलिसेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै लिगको सुरुवात गर्नेछ। यो सिजन जमैकाले सन्दीपलाई १ करोड बढी रकममा अनुबन्ध गरेको थियो।
गत सिजन राष्ट्रिय टोलीको खेलका कारण आधार मात्र खेलेका सन्दीपले यो सिजन पूरै खेल्नेछन्। यसअघिका दुवै सिजन सन्दीपले फरक–फरक टोलीबाट खेलेका थिए।
सन्दीपले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स र २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए।
प्रतियोगिताको उद्घाटन खेलमा आज ट्रिनबागो नाइट राइडर्स र गुयाना अम्याजन वारियर्स भिड्नेछन्। ब्रायन लारा क्रिकेट एकेडेमीमा हुने उद्घाटन खेल राति पौने ८ बजे सुरु हुनेछ।
दोस्रो खेलमा बार्बाडोस ट्रिडेन्ट्स र सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्स भिड्नेछन्।
सीपीएलमा लिग चरणमा हरेक दिन दुई खेल हुनेछ। ६ टोलीले प्रतिस्पर्धा गर्ने सीपीएलमा शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल सेप्टेम्बर १० मा हुनेछ।
Shares
प्रतिक्रिया