ad ad

खेल


राखेपका ६ जना बोर्ड सदस्यद्वारा सपथ ग्रहण

राखेपका ६ जना बोर्ड सदस्यद्वारा सपथ ग्रहण

नेपालखबर
भदौ १, २०७७ सोमबार १३:९,

राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन्।

त्रिपुरेश्वर स्थित राखेपमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्मा सुनुवारले ६ सदस्यलाई शपथ खुवाए। शपथ लिनेमा रिम रानाभाट, ईन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन्।

मन्त्रिपरिषदबाट ६ सदस्यलाई साउन १४ गते मनोनयन गरेको थियो।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले नियुक्त सदस्यहरुलाई जिम्मेवारीका कार्यभार पूरा गर्न शुभकामना दिए। मन्त्री विश्वकर्माले पछिल्लो समय खेलकुदले नयाँ फड्को मारेको, नयाँ ऐन लागू भएको र पूर्वाधारमा उल्लेख्य विकास भएको बताए।

मन्त्री विश्वकर्माले बाँकी बोर्ड सदस्यले चाँडै पूर्णता पाउने जानकारी गराएका थिए। त्यसका लािग गृहकार्य भइरहेको समेत विश्वकर्माले बताइन्। नवनियुक्त सदस्यबाट प्रतिनिधित्वि गर्दै सदस्य इन्दिरा निरौलाले खेल र खेलाडीलाई राम्रो बनाउन दिएको कार्यभारलाई पूरा गर्ने प्रतिबद्धता जनाए।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार कुल ३७ जनाको बोर्ड हुनेछ। यसअघि राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .