इङलिस क्लब म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्ला युरोपा लिगको फाइनलमा पुगेको छ।
आइतबार राति लिस्बनमा भएको पहिलो सेमिफाइनलमा युनाइटेडलाई २–१ गोल अन्तरले पाखा लगाउँदै सेभिल्ला उपाधि नजिक पुगेको हो। खेलको नवौं मिनेटमा नै ब्रुनोे फर्नान्डेसको पेनाल्टी गोलमा म्यानचेष्टरले अग्रता बनाएको थियो। २६औँ मिनेटमा सेभिल्लाका फर्नान्डेज सेजले बराबरी गोल फर्काए।
७८औँ मिनेटमा लुक डे जोङको गोलमा सेभिल्लाले अग्रता बनाएको थियो। जितसँगै सेभिल्लाले युरोपा लिगको उपाधि भिडन्तमा स्थान पक्का गरेको छ। दोस्रो सेमिफाइनल खेलमा आज सोमबार राति इन्टर मिलान र शाख्तर डोनेस्क भिड्नेछन्।
प्रतिक्रिया