ad ad

खेल


च्याम्पियन्स लिगमा लज्जास्पद हारपछि बार्सिलोनाका प्रशिक्षक बर्खास्त !

च्याम्पियन्स लिगमा लज्जास्पद हारपछि बार्सिलोनाका प्रशिक्षक बर्खास्त !

नेपालखबर
भदौ १, २०७७ सोमबार ६:४६,

यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लबसँगको लज्जास्पद हारपछि स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक किके सेटिन बर्खास्तीमा परेका छन्।

शनिबार राति भएको लिगमा बायर्न म्युनिखसँग बार्सिलोना ८–२ को फराकिलो अन्तरले पराजित भएपछि उनलाई पदबाट बर्खास्त गरिएको हो।

सेटिनले २०१९–०२० को ट्रफी जिताउन नसकेपछि उनलाई पदबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ। ६१ वर्षीय सेटिनले गत जनवरीमा अर्नेष्टो भाल्भेर्डोको स्थान लिएका थिए।

बार्सिलोनाका अध्यक्ष जोसेप बार्टेमीले उनलाई पदबाट बर्खास्त गरेको बताएका हुन्। यसको औपचारिक घोषणा भने गरिएको छैन। आज सोमबार बस्ने बोर्ड बैठकले यसको औपचारिक निर्णय गर्नेछ।

बार्सिलोनाको नयाँ प्रशिक्षकका लागि टोटनह्यामका पूर्वप्रशिक्षक मोउरिन्हो पोचेटिन्हो र बार्साका पूर्वखेलाडी रोनाल्ड कोम्यानको नाम चर्चामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .