ad ad

खेल


१३औँ संस्करणको आईपीएल यूएईमा हुने

१३औँ संस्करणको आईपीएल यूएईमा हुने

नेपालखबर
साउन १९, २०७७ सोमबार ५:५१,

इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु हुने भएको छ।

आईपीएल गभर्निङ काउन्सिलको आइतबार बसेको बैठकले आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म गर्ने निर्णय गरेको हो।

आईपीएल दुवई, शारजाह र आबुधावीमा हुनेछ। ५३ दिन चल्ने टि–२० लिगमा फ्रेन्चाइज टोलीले २४ खेलाडी मात्र राख्न पाउनेछन्।

आईपीएलका ८ टोलीले डबल राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्नेछन्। लिग चरणका ५६ खेल हुँदा क्वालिफायर, एलिमिनेटर, दोस्रो क्वालिफायर र फाइनल गरी कुल ६० खेल हुनेछ।

आईपीएल देशबाहिर तेस्रो पटक हुनलागेको हो। यसअघि सन् २००९ मा आम निर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो।

दोस्रो पटक सन् २०१४ मा आमनिर्वाचनको कारण यूएईमा २० खेल भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .