राष्ट्रिय फुटबल टोलीका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रा. लिले प्रायोजन गरेको छ।
बुधबार एक कार्यक्रमका बीच भिजन कन्सर्नले अभिषेकलाई एक वर्षको लागि प्रायोजन गरेको हो। लाजिम्पाट र बौद्धमा रहेको भिजन कन्सर्नले नेत्र परीक्षण र चस्मा बिक्री वितरण गर्दै आईरहेको छ।
सम्झौता पत्रमा अभिषेक र भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले हस्ताक्षर गरे। सम्झौता रकम बारे भने दुवै पक्षले खुलाउन चाहेनन्। सम्झौता अनुसार भिजन कन्सर्नले एक वर्षका लागि अभिषेकको आँखा परीक्षण गर्नेछ भने आवश्यक्ता अनुसार आँखाका लागि चाहिने सामग्री उपलब्ध गराउने छ।
लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध अभिषेकले भिजन कन्सर्नसँग जोडिदा खुसी लागेको बताउँदै यसले आफूलाई प्रोत्साहन गर्ने बताए।
भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले राष्ट्रिय खेलाडी अभिषेकसँग जोडिन पाउँदा आफूहरु निकै खुसी रहेको बताउँदै आगामी दिनमा अझै सहकार्य गर्दै अघि बढ्ने बताए।
प्रतिक्रिया