अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार आफ्नो नयाँ वेब साइट ‘रि–लन्च’ गरेको छ। यसअघि भएको वेबसाइटमा नयाँ फिचर्सहरु थप्दै नयाँ साइट पुनः सार्वजनिक गरेको एन्फाले जनाएको छ।
एन्फाको गतिविधिहरु सजिलै दिनसक्ने उद्देश्यले साइटलाई परिवर्तन गरेको एन्फा प्रवक्ता किरण राइले जानकारी दिए। यसले अब सूचना पाउनका लागि सबैलाई फोन गर्ने झन्झटबाट मुक्त हुने प्रवक्ता राईले दाबी गरे।
नयाँ साइटको राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले लन्च गरेका हुन्। साइट रि–लन्च कार्यक्रममा आयोगका अध्यक्ष गुरुङले यो कार्यले सबैलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने बताए।
प्रविधिको माध्यमबाट सबैको पहुँचमा पुग्नको लागि सोसल साइडले मद्दत गर्ने बताए। एन्फा अध्यक्ष शेर्पाले एन्फा र एन्फाको साइटलाई अझै परिमार्जन गर्दै लैजाने बताए।
Shares
प्रतिक्रिया