ad ad

खेल


म्यानचेस्टर सिटीमाथिको २ वर्षे प्रतिबन्ध फिर्ता, च्याम्पियन्स लिगमा फर्किने निश्चित

म्यानचेस्टर सिटीमाथिको २ वर्षे प्रतिबन्ध फिर्ता, च्याम्पियन्स लिगमा फर्किने निश्चित

नेपालखबर
असार २९, २०७७ सोमबार ११:१८,

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीमाथि लागेको २ वर्षको प्रतिबन्ध फिर्ता भएको छ।

द कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (क्यास)ले युरोपेली क्लब प्रतिस्पर्धामा सहभागी हुन लगाएको प्रतिबन्ध फिर्ता गरेको हो। योसँगै ‘इक्विटी फन्ड’लाई ‘स्पोन्सरसिप कन्ट्रिब्युसन’का रुपमा प्रयोग गरेको आरोपबाट सिटी मुक्त भएको छ।

सिटीलाई सन् २०१२ देखि १६ सम्म आर्थिक अपारदर्शिताको गम्भीर आरोप लगाउँदै युरोपेली फुटबलको सर्वोच्च संस्था युईएफएले २ वर्षको प्रतिबन्ध लगाएको थियो।

क्यासको निर्णयपछि सिटीमाथि लगाइएको ३ करोड युरो जरिवाना १ करोड युरोमा झारिएको छ।

यो विवादबारे निर्णय दिने क्रममा क्यासले सिटीले यूईएफएका अधिकारीलाई सहयोग नगरेको बताए पनि यूईएफएको क्लबहरुको आर्थिक नियन्त्रण गर्ने निकाय सीएफसीबीले गरेको प्रतिबन्ध भने हटाइदिएको बीबीसीले जनाएको छ।

यो निर्णयपछि सिटीले सन् २०२०–२१ को च्याम्पियन लिग खेल्न पाउने भएको छ। सिटी प्रिमियर लिगमा दोस्रो हुने निश्चित भइसकेको छ। यो वर्षको लिगमा पेप ग्वार्डिओलाको टोलीले रियल मड्रिडसँग अन्तिम १६ को दोस्रो लेग ७ अगस्टमा इत्तेहाद स्टेडियममा खेल्नेछ।

पहिलो लेगमा २–१ ले आफ्नो पक्षमा पारेको सिटीले क्वार्टर फाइनलमा भने जुभेन्टस वा लियोनको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .