ad ad

कारोबार


नासाले अघि सार्‍यो नेपालमा मोटरसाइकलिङ स्पोर्टसको अवधारणा

नासाले अघि सार्‍यो नेपालमा मोटरसाइकलिङ स्पोर्टसको अवधारणा

नेपालखबर
असार २९, २०७७ सोमबार ११:९,

नेपालमा पहिलो पटक ‘राइडर्स ट्रेनिङ प्रोग्राम इन नेपाल’ शिर्षकको अन्तर्राष्ट्रिय सम्मेलन जुममार्फत आयोजना गरिएको छ।

नेपालको खेलकुद क्षेत्रको नयाँ प्रोडक्टको रुपमा आइरहेको मोटरसाइकल स्पोर्टसमा उक्त वेबिनारले एउटा प्रष्ट अवाधरणा अगाडि ल्याएको नेपाल अटोमोबाइल एसोसिएसन (नासा) ले जनाएको छ।

सो वेबिनरमा नेपालमा इ-स्पोर्टस्को सम्बन्धमा मोटरसाइकलिङ सेफ्टी, टुर एण्ड टुरिङ लगायत विषयमा प्रस्तुतीकरण र छलफल भएको छ।

कार्यक्रम प्रस्तोता तथा नासाका सचिव सन्तोष न्यौपानेले सञ्चालन गरेको उक्त वेबिनारमा नासाका उपाध्यछ सिताराम न्यौपानेले नेपालमा मोटरसाइकलिङ स्पोट्स र हालका दिनमा इ–स्पोट्सको सम्भावनाबारे प्रस्तुति राखेका छन् भने नासाकै क्लब प्रतिनिधी बिनोद तंडुकारले मोटरस्पोट्समा आवश्यक पर्ने सुरक्षा सामग्रिका बारे प्रस्तुती राखेका छन्।

यसैगरी नेपाल मोटरसाइकल फेडरेशनका प्रमोद श्रेष्ठ गुफीले नेपालमा राईडिङ्ग र सम्भावित टुरिङ्ग गन्तव्यका विषयमा प्रस्तुती राखे भने अन्तर्राष्टिय राइडर बिक्रम थापाले आप्mनो अन्तर्राष्टिय राइडिङ्गको अनुभव प्रस्तुत गरे।

नासा नेपालद्वारा आयोजित वेबिनारमा नेपालमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। नेपालमा सम्भवत संसारमै पहिलो पटक भएको यस किसिमको वेबिनारलाई एफआईएम, माउन्टेन स्पोर्टस फेडरेसन नेपाल, नेपाल मोटरसाइकल फेडरेसन क्लबको साथ र सहयोग रहेको जनाइएको छ।

उक्त वेबिनारमा नेपाल, जापान, अस्ट्रेलिया लगायत मुलुका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .