ad ad

खेल


खेलकुद मन्त्रालयबाट चार जना खेल पत्रकार सम्मानित

खेलकुद मन्त्रालयबाट चार जना खेल पत्रकार सम्मानित

नेपालखबर
असार २२, २०७७ सोमबार ११:४४,

खेलकुद पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार सम्मानित भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयले सोमबार एक कार्यक्रम गर्दै पत्रकारिताको माध्यमबाट युवा र खेलकुद क्षेत्रमा योगदान पुर्याउने पत्रकारलाई सम्मान गरेको हो।

खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार ध्रुव तुलाधर, रोशन राउत, केशव पाठक र प्रियालक्ष्मी कार्की सम्मानित भएका हुन्। उनीहरुलाई युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्माले जनही ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरे।

युवा पत्रकारिता पुरस्कारबाट खगेन्द्र अधिकारी, गीता चिमोरिया, रत्ना कुमारी चौधरी, शुष्मा बराली, निरज न्यौपाने र गंगा खड्का सम्मानित भए।

मन्त्रालयले आज नै एन्टिडोपिङ मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। नेपाली खेलकुद क्षेत्रको इतिहास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खेलाडीहरुले प्राप्त गरेका उपलब्धिलाई प्रविधिको माध्यमबाट सो एपले सहयोग गर्ने मन्त्री विश्वकर्माले बताए।

नेपालमा आयोजना भएका अहिलेसम्मका खेलकुद गतिविध तथा नेपाली खेलाडीहरुले प्राप्त गरेका उपलब्धिहरुको अभिलेखीकरण नभएकाले त्यसलाई व्यवस्थित गर्न डिजिटल माध्यमको खाँचो भएको मन्त्री विश्वकर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .