ad ad

कारोबार


रानीपोखरीको पिँधमा ओछ्याइयो कालो माटो र ईंटा

रानीपोखरीको पिँधमा ओछ्याइयो कालो माटो र ईंटा

नेपालखबर
असार २२, २०७७ सोमबार ११:४९,

भूकम्पले क्षतिग्रस्त रानीपोखरी पूर्निनिर्माणको काम धमाधम भइरहेको छ। आगामी तिहारसम्म खुल्ला गर्ने योजनाका साथ पूर्ननिर्माणको काम तिव्र गतिमा भइरहेको छ।

पोखरीको पिँधमा कालो माटो र ईंटा आच्छ्याउने काम सकिएको छ। पोखरी भित्र पानी रहने भागको पर्खाल निर्माणको काम पनि सकिएको छ। २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालको काम गरेको हो। पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि ईंटा ओच्छ्याएको छ।

२०७७ वैशाख १२ गते अघि नै काम सक्ने गरी सुरु भएपनि लक डाउनका कारण केही प्रभावित भएको छ। पानी रहने पर्खाल र पिँधको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ।

पूनर्निर्माण प्राधिकरणको तर्फबाट रानीपोखरी र धरहरा हेरिरहेएका सम्पदा विज्ञ राजुमान मानन्धरले पूर्ननिर्माणको काम सम्पन्न हुन करिब ३ महिना लाग्ने बताए। पोखरीको काम सकिएपनि धेरै मिहेनत गरेर गर्नुपर्ने काम बाँकी भएकाले केही समय लाग्ने उनले बताए। उपभोक्ता समिति मार्फत भएको काम सम्पन्न भएको र ठेक्कापट्टाबाट गरिएको बालगोपालेश्वर मन्दिर निर्माण, पुलको काम भइरहेको उनले जानकारी दिए।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम अहिले भइरहेको छ। सौन्दर्यकरण, बिजुली र मन्दिर निर्माणको ३५ प्रतिशत काम बाँकी रहेको उनले बताए। मन्दिरको दोस्रो तला सम्पन्न हुने अवस्थामा रहेको मानन्धरको भनाई छ।

पोखरीमा आकासे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कूल क्षेत्रको आकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने प्राधिकरणले व्यवस्था गरेको छ। सुरुमा पिँध निर्माणका लागि भक्तपुरबाट कालिगढ ल्याइएपनि सीप हस्तान्तरण गरी काठमाडौंका कालिगड समेत अहिले निर्माण कार्यमा सहभागि रहेका छन्। लक डाउन केही खुलुलो भएसँगै अहिले कामदार मन्दिर बनाउन व्यस्त छन्।

रानीपोखरीमा पानी अड्याउनका लागि महानगरपालिकाले पिँधमा कंक्रिट ढलान गरेपछि त्यसको विरोध भएको थियो अहिले पानी अड्याउनका लागि परम्परागत तरिका– कालो माटोको तह र पुरानो इँटा विच्छ्याइएको छ। शिलान्यास भएको ३ वर्षसम्म अलपत्र रहेको रानीपोखरी निर्माणको काम अहिले पूर्ननिर्माण प्राधिकरण मार्फत उभोक्ता समितिले बनाइरहेको छ।

विनाशकारी भूकम्पले क्षति पुर्याएकाे रानीपोखरी निर्माणका लागि काठमाडौं महानगरले जिम्मा पाएपनि पोखरी भित्रको मन्दिरलाई कुन शैलीमा बनाउने भन्ने विषयमा विवाद भएपछि लामो समय काम रोकिएको थियो।

अहिले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको निर्माण भइरहेको छ। पर्खालको जगमा चुना सुर्की लगाएर परम्परागत शैलीलाई कामय राखिएको छ। विस.स १९९० सालमा आएको भूकम्पपछि क्षति पुगेको रानीपोखरी जुद्धशमशेरले गुम्बज शैलीमा निर्माण गरेका थिए। लामो समय कुन शैलीमा बनाउने भन्ने विवाद रहेपनि पूर्ननिर्माण प्राधिकरणले विज्ञ समूह गठन गरेर मौलिक शैलीमै निर्माण गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .