कोरोना भाइरसको महामारीको कारण यो वर्षका लागि तय साफ च्याम्पियनसिप फुटबल २०२१ का लागि सरेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोमबार सात राष्ट्रका संघका महासचिवसँग गरेको छलफलपछि साफ २०२१ का लागि सार्र्ने निर्णय गरेको हो। छलफलमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स र भुटान फुटबल संघका महासचिवले भाग लिएका थिए।
बैठकमा साफ च्याम्पियनसिप, महिला र पुरुषको अन्डर १५ र यु १८ महिला च्याम्पियनसिपका बारेमा छलफल भएको थियो। उमेर समूहका प्रतियोगिताका विषयमा कुनै निर्णय भएको छैन।
छलफलमा नेपालका तर्फबाट अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधर सहभागी थिए।
प्रतिक्रिया