ad ad

खेल


इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर सिटी विजयी

इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर सिटी विजयी

नेपालखबर
असार ४, २०७७ बिहिबार १:५१,

कोरोना महामारीबीच सुरु भएको इङ्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ।

बुधबार राति बन्द रगंशालामा सुरु युरोपको तेस्रो लिगअन्तर्गत सिटीले आर्सनललाइ ३–० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो। खेलको ४९औं मिनेटमै १० खेलाडीमा समेटिएको आर्सनललाइ सिटीले सहजै पराजित गर्‍याे। 

ctttt

सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डे ब्रुन र फिल फोडनले गोल गरे। जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दूरी २२ अंकले घटाएको छ। आर्सनल ४० अंकमा अंक तालिकाको नवौं स्थानमा छ।

बुधबार राति नै भएको अर्को खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी गरे। सेफिल्ड ४४ अंकमा छैटाैँ स्थानमा रहँदा एस्टन भिल्ला २६ अंकमा १९औं स्थानमा छ। बुधबार रातिका प्रतिस्पर्धासँगै सबै टोलीले २९औं खेल पूरा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .