ad ad

समाज


१८ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

१८ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

नेपालखबर
असार ४, २०७७ बिहिबार १:४९,

पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ। बुधबार बिहान सबा चार बजे खसेको पहिरो राति १० बजे पन्छाएपछि सडकमा गाडी गुड्न थालेका हुन्।

बुधबार बिहान इच्छाकामना गाउँपालिका-६, कालिखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। बुधबार दिनभर अवरुद्ध भएर साँझ केहीबेर एकतर्फी रुपमा सञ्चालनमा आएको सडक पुनस् पहिरो खसेपछि अवरुद्ध भएको थियो।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो। दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको खनालले जानकारी दिए। ‘शुरुमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा पहिरो पन्छाउन समय लागेको हो,’ उनले भने।

पहिरोले सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बुधबार दिनभर सडकमा अलपत्र परेका थिए। सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन्। सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .