ad ad

खेल


फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा, नेपाल १७०औँ स्थानमा यथावत्

फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा, नेपाल १७०औँ स्थानमा यथावत्

नेपालखबर
चैत २७, २०७६ बिहिबार ११:३६,

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो। गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो।

दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ। भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा रहेको छ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन्। भुटान १८९औँ स्थानमा छ भने बंगलादेश १८७औँ स्थानमा छ। त्यसैगरी पाकिस्तान २००औँ स्थानमा रहँदा श्रीलंका २०६औँ स्थानमा रहेको छ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ। त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .