ad ad

खेल


रोनाल्डिन्होको पतन पछाडिको कथा

रोनाल्डिन्होको पतन पछाडिको कथा

नेपालखबर
चैत ३, २०७६ सोमबार ७:५९,

फुटबल आफ्नो सबैभन्दा मनपर्ने विषय हो भन्ने थाहा हुँदाहुँदै फुटबल मात्रै सबैथोक होइन भन्ने विचार पछ्याएका कारण दुईदेखि तीनवर्ष मात्र रोनाल्डिन्होले फुटबल जगतमा बर्चस्व कायम गरे।

जब बार्सिलोनाले रोनाल्डिन्होलाई सन् २००३ मा पीएसजीबाट अनुबन्ध गर्यो, पीएसजीका प्रशिक्षक लुइस फर्नान्डेजले आफ्नो संस्मरणमा रोनाल्डिन्हो मैदानमा राम्रो खेलाडी भएपनि बाहिर उनी अनुशासनहिन भएको बताएका थिए।

रोनाल्डिन्होले अनावश्यक पार्टी दिन रुचाउँथे।

फर्नान्डेजले आफ्नो संस्मरणमा भनेका थिए,‘फुटबल टिमको भेलमा रोनाल्डिन्हो महिलाहरु ल्याउँथे।’

बार्सिलोनामा हुँदा तडकभडक युक्त जीवनशैलीले उनलाई विश्वको सर्वश्रेष्ठ खेलाडी हुनबाट रोक्न सकेन। उनले बार्सालाई ला लिगा, च्याम्पियन्स लिगजस्ता उपाधि दिलाए।

रोनाल्डिन्हो जीवनमा रमझम गर्दै फुटबलमा राम्रो नतिजा ल्याउन चाहन्थे। एक फुटबल र दोस्रो रातको रमझम उनको चाहना थियो।

उनको मुस्कानले क्याम्प नाउँ झुमेको थियो। बार्सिलोनाको डेब्यु खेलमा रोनाल्डिन्होले सेभियासँग खेल्नुपर्ने थियो। तर खेलअघिको रात उनी पार्टीमा मस्त थिए।

तर पहिलो होम डेब्युमै रोनाल्डिन्होले सबैको मन जिते। बार्सिलोनाको उचाइमा रोनाल्डिन्होले इटा थप्ने कार्य गरे।

Image result for ronaldinho in party

बार्सामा अनुबन्ध भएपछिको सुरुवाती दिनहरुमा उनको जीवनशैलीमाथि कसैले प्रश्न गरेन। तर जब बार्सिलोनाले सन् २००६ मा च्याम्पियस लिग जित्यो त्यसयता उनको दैनिकीमा परिवर्तन आयो।

उनी पार्टी, डिस्को, रमझममा व्यस्त भएका भिडियोहरु सार्वजनिक हुन थाले। रोनाल्डिन्हो क्लबको अभ्यासमा उपस्थित हुँदैन थिए। यद्यपी क्लबले यी उत्कृष्ट खेलाडीको बचाउ गर्दै आएको थियो।

तर जब सन् २००८ मा पेप ग्वार्डिओला बार्सिलोनाका प्रशिक्षक बने क्लबले रोनाल्डिन्होको बचाउ गर्न छाड्यो। रोनाल्डिन्होको उत्तराधिकारीको रुपमा ग्वार्डिओलाले लियोनल मेस्सीलाई स्थान दिए।

ग्वार्डिओलाले आफ्नो नयाँ टोलीमा रोनाल्डिन्होलाई स्थान नदिने बताएपछि सन् २००८ मा नै रोनाल्डिन्होले बार्सा छाडेर एसी मिलान अनुबन्ध भएका थिए।

रोनाल्डिन्हाले यसबाट पाठ सिक्नु पर्ने थियो तर उनले रमाइलो गर्ने बाटो खुलेको अनुभूति गरे।

उनले पार्टी दिन अगाडि कहिल्यै पैसाको मतलब गरेनन्। रोनाल्डिन्होले एकपटक चार दिनसम्म लगातार पार्टी दिएका थिए, उनलाई आफूले गल्ती गरेको थाहा भइसकेको थियो।

Image result for ronaldinho baloon dor

यद्यपी उनले आफूलाई फेरि चिन्न सकेनन्। क्लब र देशका लागि खेल्दा उनले उत्कृष्ट फुटबल खेल्न छाडिसकेका थिए।

एक रात, मिलानको डिस्कोमा रमाइलो गरिररहँदा उनका फ्यानले उनलाई घर जान दबाब दिएका थिए। किनभने त्यसको भोलिपल्ट प्रतिस्पर्धात्मक मिलान डर्बी भिडन्त हुँदै थियो।

रोनाल्डिन्हो मदिरा र रमझममा व्यस्त हुँदा खेलमा असर गर्ने हुनाले उनका फ्यानले उनलाई घर जान भनेका थिए।

केही वर्षपछि, बार्सिलोनाले रोनाल्डिन्होलाई आफ्नो क्लबको सद्भावना दूत घोषणा गरेको थियो। तर जुन दिन उनी क्याम्प नाउँमा हुनुपर्ने थियो उनी त्यस दिन स्पेनको समुन्द्री किनारमा फुटबल खेलिरहेका थिए।

उनको छवी बिग्रन थालिसकेको थियो। यसबीचमा रोनाल्डिन्हो राजनीतिक विवादमा फसे। उनी ब्राजिलका हालका राष्ट्रपति जैर बोल्सोनारोको समर्थनमा सार्वजनिक रुपमा लागेको देखियो। ब्राजिलको न्यायालयसँग रोनाल्डिन्होको खटपट देखियो जसले गर्दा उनले जरिवाना तिर्नपर्यो।

Image result for ronaldinho in party

सन् २०१८ मा रोनाल्डिन्होले आफू टाट पल्टिएको बताएका थिए। त्यसबेला उनको बैंक खातामा मात्र ६ युरो बाँकी रहेको खबरहरु आएको थियो।

एकपटक त उनी जेल चलान हुनबाट जोगिए तर यतिबेला उनी र उनका भाइ पाराग्वेको जेलमा छन्। नक्कली पासपोर्ट लिएर पाराग्वे पुगेका कारण उनी केहीहप्ता यता जेलमा जीवत व्यतित गरिरहेका छन्।

६ महिनासम्म रोनाल्डिन्होले जेल बस्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। यसबीचमा लियोनल मेस्सीले रोनाल्डिन्हो छुटाउन प्रयास गरेको खबरहरु पनि सार्वजनिक भएका थिए। तर, त्यो खबर झुठो भएको पुष्टि भइसकेको छ।

रोनाल्डिन्होले सन् २००२ मा ब्राजिलको तर्फबाट विश्वकप जितेका थिए। सन् २००५ मा बार्सामा देखाएको उत्कृष्ट प्रदर्शनका कारण उनले बालुन डि’ओर अवार्ड प्राप्त गरेका थिए।

रोनाल्डिन्होजस्तो फुटबल स्टारलाई अपराधीको रुपमा जेलमा देख्दा यतिबेला विश्वभरका फुटबल समर्थक निराश छन्। तर, आफूले गरेका गल्तीकै कारण उनी यस्तो अवस्थामा पुगेका हुन्। मार्का

Image result for ronaldinho worldcup

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .