ad ad

खेल


पीएसजीले मूल्य तोकेपछि नेमारलाई क्लब छाड्ने बाटो खुल्यो

पीएसजीले मूल्य तोकेपछि नेमारलाई क्लब छाड्ने बाटो खुल्यो

नेपालखबर
चैत २, २०७६ आइतबार ६:६,

पीएसजीले नेमारको मूल्य तोकेपछि नेमारलाई उक्त क्लब छाड्ने ढोका खुला भएको छ।

पीएसजीका निर्देशक लियोनादो आराउजोले नेमारलाई क्लबमा बस्ने या नबस्ने दुई विकल्प दिइएको बताएका छन्। यद्यपी केलिएन एमबाप्पेले भने क्लब छाड्न पाउने छैनन्।

पीएसजीले नेमारको मूल्य तोकेसँगै बार्सिलोनाले नेमार अनुबन्ध गर्ने चर्चा फेरि एकपटक सुरु भएको छ।

गत सिजन लियोनल मेस्सीले बार्साका अधिकारीहरुलाई नेमार अनुबन्ध गर्न आग्रह गरेका थिए। तर बार्साले एन्टोनी ग्रिजम्यान अनुबन्ध गरेपछि मेस्सी निराश बनेको बताइएको थियो।

नेमारले मेस्सीले पठाएको एक म्यासेज सार्वजनिक गरेका थिए, जहाँ मेस्सीले भनेका थिए,‘तिमी बार्सा आउनुपर्छ, केही वर्षपछि मैले बार्सा छाड्नुपर्छ त्यसपछि तिमीले मेरो स्थान लिनेछौं।’

मेस्सीले सँगै मिलेर मात्र च्याम्पियन्स लिग जित्न सकिने धारणा राखेका थिए। नेमारले पनि सार्वजनिक रुपमै आफूलाई पीएसजी छाड्ने इच्छा भएको बताएका थिए।

Image result for neymar and mesi

यसअघि नेमारले सन् २०१३ देखि २०१७ सम्म बार्साबाट खेले। त्यहाँ उनले च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रेजस्ता प्रतिष्ठित अवार्ड प्राप्त गर्दा बालुन डि’ओरको लागि मेस्सी, रोनाल्डोसँगै अन्तिम तीनमा परेका थिए।

सन् २०१७ मा नेमार विश्वकै सर्वाधिक महँगो खेलाडीको रुपमा पीएसजी अनुबन्ध भएका थिए। पीएसजीले नेमारलाई खरिद गर्न २२२ मिलियन युरो खर्च गरेको थियो।

तर हालसम्म नेमारले पीएसजीलाई च्याम्पियन्स लिग दिलाउन सकेनन्। अधिकाँश समय नेमार घाइते भएका कारण मैदान बाहिर रहे। अहिले भने नेमार फेरि लयमा फर्किएका छन्।

बार्साले नै नेमार अनुबन्ध गर्ने सम्भावना रहेको चर्चा सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .