ad ad

समाज


अब बसभित्रै रक्तदान !

अब बसभित्रै रक्तदान !

नेपालखबर
चैत २, २०७६ आइतबार ६:१८,

अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ। रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले भित्र्याएको हो। नेपालमा पहिलो पटक पोखरामा यो सुविधा उपलब्ध  छ।

रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा रु एक करोडको लगानीमा शाखाले सो बस सञ्चालनमा ल्याएको शाखाका सभापति डोलराज पाण्डेले जानकारी दिए।

शनिबारदेखि नै सो बसभित्र रगत संकलन सुरु भएको जनाइएको छ। एम्बुलेन्सभित्र रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ। समग्र गण्डकी प्रदेशलाई सो सेवाबाट फाइदा पुग्ने विश्वास लिइएको छ।

भारतमा निर्मित ‘आइसर’ कम्पनीको उक्त बस वातानुकूलित (एसी) रहेको जनाइएको छ। दान शैय्या, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्थाका साथै रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री बसभित्र राखिएका छन्। बस सञ्चालनमा आएपछि पानी परेको बेला या प्रतिकूल मौसममा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सकिने बताइन्छ।

सो सेवा पोखरालाई मुख्य आधार बनाएर तनहुँको आँबुखैरेनी, लमजुङको बेँसीशहर, स्याङ्जाको गल्याङ, पर्वत, बागलुङ, गोरख र म्याग्दीसम्म एम्बुलेन्स पुगी रगत संकलन गर्ने योजनासहित सञ्चालनमा ल्याएको शाखाका मन्त्री धर्मराज अधिकारीले जानकारी दिए।

प्रदेशका ११ वटै जिल्लाबाट प्रदेश राजधानी पोखरामा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीको बढी चाप हुने भएकाले रगतसमेत माग बढेकाले घुम्ती बस उपयोगी हुने अपेक्षा गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .