ad ad

खेल


एकदिवसीय क्रिकेटमा नेपालको वरियता खस्कियो

एकदिवसीय क्रिकेटमा नेपालको वरियता खस्कियो

नेपालखबर
असोज ९, २०८१ बुधबार १८:६, काठमाडौँ

एकदिवसीय क्रिकेटको वरियतामा नेपाल एक स्थान तल झरेको छ। पछिल्लो समय लगातार खराब प्रदर्शन गरिरहेको नेपाल १७ औं स्थानमा झरेको हो। 

सअघिको वरियतामा नेपाल १६ औं स्थानमा थियो। क्यानडामा पछिल्ला ४ मध्ये एक खेल रद्द भयो भने बाँकी सबै खेलमा पराजय ब्यहोरेको छ। नेपाल ओमान र क्यानडासँग पराजित भएको हो। 

विश्वकप लिग २ मा नेपालले ८ खेल खेल्दा एक खेल मात्रै जितेको छ। ६ खेलमा पराजित भएको छ। लिग २ का ८ टोलीमा नेपाल सातौं स्थानमा छ। दुई खेल कम खेलेको युएईको एक अंक कम छ। बाँकी सबै टोली नेपालभन्दा अगाडि छन्। 

लगातारको खराब नतिजाले एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुने नेपालको सम्भावना कमजोर बन्दै गएको छ। नेपालले अझै बलिया टोलीको सामना गर्नै बाँकी छ। अब नेपालले अमेरिकामा घरेलु टोली र स्कटल्याण्डसँग खेल्ने छ। यो नेपालको तेस्रो सिरिज हो। 

विश्व बरियतामा भारत शीर्षस्थानमा कायम रहँदा नेदरल्याण्ड १४ औं स्थानमा यथावत छ। क्यानडाले भने एकै पटक चार स्थान सुधार गरेको छ। क्यानडाले नेपाल, नामिबिया, अमेरिका र ओमानलाई पछि पारेको हो। 

अमेरिकाले पनि एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ। नामिविया ३ स्थान तल झर्दा, ओमान एकस्थान तल र युएई २० औं स्थानमा यथावत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .