ad ad

खेल


मेटलाइफ र क्रिकेट संघबीच खेलाडीलाई बिमा सुविधा उपलब्ध गराउने सम्झौता

मेटलाइफ र क्रिकेट संघबीच खेलाडीलाई बिमा सुविधा उपलब्ध गराउने सम्झौता

नेपालखबर
असोज ९, २०८१ बुधबार १३:३८, काठमाडौँ

मेटलाइफ नेपालले पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीलाई बिमा सुविधा उपलब्ध गराउने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) र मेटलाइफ नेपालबीच साझेदारी गर्ने समझदारी भएको हो। 

समझदारीअनुसार दुवै टोलीका सदस्य र क्यानका पदाधिकारीको जीवन बिमा र स्वास्थ्य बिमा कम्पनीबाट उपलब्ध हुनेछ। यसले खेलाडीको मनोशान्तिका साथै खेलकुदमै केन्द्रित हुन मद्दत पुग्ने कम्पनीको विश्वास छ। 

मेटलाइफ नेपालको पुलचोकस्थित मुख्य कार्यालयमा भएको समझदारीअनुसार कम्पनीले बिमा नीतिका विविध पक्षलाई समेट्नेछ। यसअन्तर्गत १० लाखसम्मको दुर्घटना बिमा, २ लाखसम्मको दुर्घटना उपचारको खर्च व्यहोर्ने र १ लाखसम्मको हस्पिटल भर्नाबापतको खर्च कम्पनीले व्यहोर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .