टेनिस सुन्दरी मारिया सारापोभाले पेशागत टेनिसबाट सन्यास लिएको घोषणा गरेकी छन्।
पाँचपटक ग्रान्ड स्ल्याम टाइटल जितेकी उनले ३२ वर्षको उमेरमा ‘प्रोफेसनल’ खेलयात्रा रोकेकी हुन्।
उनी केहि वर्षदेखि काँधको समस्यासँग जुधिरहेकी छन्।
यस वर्ष दुइवटा खेलमात्र खेलेकी सारापाेभा दुवैमा पराजित भएकी थिइन्।
सन् २००४ मा १७ वर्षको उमेरमै विम्वलडन जितेर टेनिसमा चम्केकी उनले त्यसपछि फ्रेन्च ओपनमा दुई उपाधी र युएस ओपन र अष्ट्रेलियन ओपनमा एकएक उपाधी जितेर स्टार टेनिस खेलाडीको रुपमा स्थापित भएकी थिइन्।
-एपी
6
Shares
प्रतिक्रिया