बलर अविनाश बोहराले नेपाललाई पाँचौँ र छैटौँ सफलता दिलाएका छन्।
बोहराले एकै ओभरमा २ विकेट लिएका हुन्।
उनले सातौँ ओभरको दोस्रो बलमा साउदीका काशिफ अब्बासलाई एलबीडब्लु धरापमा पारे भने चौथो बलमा हिशाम शेखलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए।
यसअघि प्रतिस जिसी १, ललित नारायण राजवंशी १ र करण केसीले २ विकेट लिएका थिए।
एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल साउदीसँग भिडिरहेको छ। सातौँ ओभर सकिँदा साउदी अरेबिया ६ विकेट क्षतिमा ६७ रन बनाएर खेलिरहेको छ।
यो खेल ८ ओभरको मात्र रहेको छ।
252
Shares
प्रतिक्रिया