इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ।
युवा स्ट्राइकर फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीले एस्टान भिल्लालाई ४-१ गोलअन्तरले हराएको हो।
घरेलु मैदानमा भएको खेलमा सिटीका लागि पहिलो हाफको अन्तिम, ६२ औँ र ६९ मिनेटमा गोल गर्दै फोडेनले ह्याट्रिक पूरा गरे।
अर्को एक गोल रोड्रीले खेलको ११ औँ मिनेटमा गर्दै अग्रता दिलाएका थिए। फोडेन चम्किएको खेलमा सिटीले प्रमुख स्ट्राइकर इर्लिङ हालन्डा र केभिन डि ब्रुएनलाई विश्राम दिएको थियो।
सिटीले फराकिलो जित निकालेको खेलमा भिल्लाका लागि जोन डुरानले १ सान्तवना गोल गरे। खेलको २१ औँ मिनेट मामोर्गन जोनले गोल गर्दै भिल्लालाई खेलमा फर्काएका थिए।
यो जितपछि पनि सिटी लिगको तेस्रो स्थानमा यथावत छ। उसले ३० खेलबाट ६७ अंक बनाएको छ। ३० खेलबाटै आर्सनल ६८ अंकसहित शीर्ष स्थानमा छ। उता २९ खेलसहित लिभरपुल ६७ अंकसहित दोस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया